नेपालगंजमा पर्यटन प्रबर्द्धनका लागि पत्रकारलाई तालिम

पर्यटन प्रबर्द्धनका लागि मिडियाको भुमिका विषयक तीन दिने तालिम जारी रहेको छ । बाँके जिल्लाको नेपालगञ्जमा शुरु भएको तालिमको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको हो ।

नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन पत्रकार महासंघको तालिम आयोजना गरिएको हो । नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा रितुबिचारको अध्यक्षतामा शुरु भएको तालिममा मुलुकका विभिन्न स्थानमा रहेका पर्यटकीय संभावनाका विषयमा सहजीकरण हुनेछ ।

पत्रकारिताको माध्यमबाट पर्यटनको प्रबर्द्धन गर्ने उद्देश्यसहित पर्यटन बिधामा कलम चलाउने पत्रकारको क्षमता अभिबृद्धि हुने अपेक्षा आयोजकले राखेको छ । तालिममा सातवटै प्रदेशका शाखाहरूबाट सहभागिता करिव ५० जनाको सहभागिता रहेको छ । नेपाल पर्यटन पत्रकार महासंघले हाल सम्म ६८ जिल्लामा पर्यटन पत्रकार महासंघको शाखा बिस्तार गरिसकेको छ ।

Facebook Comments