कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७५ अग्रज पत्रकार किशोर नेपाललाई

यस बर्षको “कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७५” अग्रज पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ । पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् पुरस्कार छनौटबारे जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार मोफसलको सर्वाधिक राशी रू १ लाख ११ हजार १ सय ११ रूपैया र सम्मानपत्र रहेको सो पुरस्कार हरेक वर्ष चैत १९ गते (मंगलबार) वितरण गरिनेछ । नेपाल पत्रकार महासंघ कास्की शाखाको सोमबार बसेको बैठकले प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई अनुमोदन गरेको हो ।

महासंघ कास्कीका सल्लाहकारत्रय पूर्व अध्यक्ष बद्रिबिनोद प्रतीक, निबर्तमान अध्यक्ष रामकृष्ण ज्ञवाली र सल्लाहकार रमेश पौडेल, महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले नेपाललाई पुरस्कारका लागि छनौट गरेको हो ।

नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्ने उक्त पुरस्कार सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्ट (समाजसेवि तथा उद्योगपति सूर्यबहादुर के.सी. र प्रेमकुमारी के.सी.)पोखराले स्थापना गरेको हो ।

Facebook Comments