विप्लव नेतृत्वकाे नेकपाकाे चितवन बन्द, खैरहनी र कालिकाका २ वडामा बम बिस्फाेट
नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले चितवन जिल्ला बन्दकाे आह्वान गरेकाे छ । बन्दकाे क्रममा साे पार्टीका कार्यकर्ताले पूर्वी चितवनकाे खैरहनी नगरपालिका २ सिमलघारीमा बम बिस्फोट गराएकाे समाचार छ । त्यस्तै कालिका नगरपालिका वडा नं. ७ को कार्यालयमा समेत ताेडफाेड हुँदा उक्त कार्यालयमा क्षति पुगेकेा बताइएकाे छ ।
विहान ६ बजेतिर ति कार्यालयमा आगजनी भएकाे बुझिएकाे छ । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेकाे बताइएकाे छ ।
बन्दकाे कारण जनजीवन प्रभावित बनेकाे छ । नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाले राप्ती नगरपालिका ओहोलेवाङमा सहिद प्रतिक्षालय भत्काएकाे विराेधमा बन्द आह्वान गरेकाे हाे ।
जिल्ला इन्चार्ज शार्दुल र सेक्रेटरी ध्रुवद्वारा जारी विज्ञप्तिमा सहिद स्मृति प्रतिक्षालय निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा श्रमिकलाई धम्क्याउने, जनतालाई आतंकित पार्दै निर्माण भइरहेको प्रतिक्षालयलाई भत्काएर आगजनी गर्ने कार्यको विरोधमा चितवन बन्द गर्नुपरेकाे उल्लेख छ ।


