प्रविधिः सिंगापुरबाटै प्रधानमन्त्रीद्वारा मन्त्री परिषद् बैठक सञ्चालन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिकाे उपयाेग मार्फत सिंगापुरबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाउनुभएकाे हाे ।

यसअघि बसेकाे मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्रीकाे स्वदेशमै काठमाण्डाै र विदेश भ्रमणका बेला पनि भिडियाे कन्फेरेन्स मार्फत् मन्त्रीपरिषद् बैठक बस्न सक्ने निर्णय गरेकाे थियाे ।

सिंगापुरमा उपचारकै क्रममा रहनुभएका प्रधानमन्त्री ओलीले विदेश भएका बेला पहिलोपटक मन्त्रिपरिषद बैठक प्रविधिकाे उपयाेग गरी सञ्चालन गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीले प्रविधिकाे उपयाेग मार्फत मन्त्रीपरिषद् बैठक सञ्चालन गरेकाे र त्यसका लागि प्राविधिकलाइ धन्यवाद दिनुभएकाे छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र चेतन सापकाेटाले मन्त्रीपरिषद् बैठककाे फाेटाे सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएकाे छ ।

Facebook Comments