पर्यटनमन्त्री भट्टराईद्वारा कार्ययाेजना सार्वजनिक(पूर्ण पाठ)
पर्यटनमन्त्री योगेश भट्टराईले कार्ययाेजना सार्वजनिक गर्नुभएकाे छ । उहाँले मन्त्रालयमै पत्रकार सम्मेलन गरी विभिन्न कार्ययाेजना सार्वजनिक गर्नुभएकाे हाे ।
लुम्बिनी, पशुपति, जनकपुर लगायतका धार्मिक पर्यनकाे विकासका लागि विभिन्न कार्ययाेजना सार्वजनिक गर्नुभएकाे छ ।
ती क्षेत्रका महत्वकाे बारेमा वृत्तचित्र सामग्री बनाउने, लुम्बिनीमा ५ लाख फलफूल राेप्ने(बुद्ध फलफूल) बाटिका निर्माण गर्ने लगायत छन् ।
काठमाण्डाै उपत्यकाभित्रका विश्व सम्पदाकाे संरक्षण लगायतका याेजना रहेका छन् ।
उहाँले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएकाे छ ।
निगमकाे व्यवस्थापन सुधार गर्ने मन्त्री भट्टराइकाे भनाइ छ । टिकटलाइ अनलाइन सिस्टममा लैजाने, ग्राउण्ड ह्याण्डलिङमा सुधार, उडान रद्द वा ढिलाइ भएमा समयमा नै यात्रुहरूलाइ जानकारी दिने व्यवस्था मिलाउने उहाँकाे कार्ययाेजनामा उल्लेख छ ।
साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताउनुभयाे ।
यसका साथै इन्फरमेशन तथा मिडिया सेन्टर स्थापना गर्ने, विज्ञ र बुद्धिजीवीसँग राउण्ड टेवल बैठक हरेक महिना गर्ने, मन्त्रालयकाे सेवा सुविधा गुणस्तर सुधार गर्ने लगायतका कार्ययाेजना रहेकाे मन्त्री भट्टराइले जानकारी दिनुभयाे ।
कार्ययाेजनाकाे पूर्ण पाठ

