नयाँ विद्यार्थी भर्ना नलिने निजी मेडिकल सञ्चालककाे चेतावनी

निजी मेडिकल कलेजहरूको संस्था एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले नयाँ विद्यार्थी भर्ना नलिने चेतावनी दिएकाे छ ।

संस्थाका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सम्बन्धित विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र पेश गर्दै नयाँ भर्ना लिन नसक्ने जानकारी गराइएकाे हाे ।

उक्त संस्थामा आवद्ध कलेजहरूले स्नातक तह (एमबिबिएस/बिडिएस) पहिलो वर्षमा नयाँ विद्यार्थी भर्ना नलिने निर्णय गरेका हुन्।

मेडिकल कलेजले सरकारले ताेकेकाे भन्दा बढी शुल्क लिएकाे भन्दै विभिन्न मेडिकल कलेजमा विद्यार्थीले आन्दाेलन गरेपछि सरकारले ताेकेभन्दा बढी शुल्क १ महिनाभित्र फिर्ता नगरे कार्वाही गर्ने बताएकाे छ ।

सरकारले ठगीमा कार्वाही गर्ने निर्णय गरे लगत्तै मेडिकल कलेजका संचालकहरूले भने शुल्क वृद्धि, सिट संख्या बृद्धि, नयाँ विद्यार्थीकाे सहज भर्ना लगायतका माग राखेर ज्ञापनपत्र पेश गरेका हुन् । कम्तीमा पनि ६० लाख शुल्क लिन पाउनुपर्ने कलेज संचालककाे जिकीर छ ।

सरकारले ताेकेकाे शुल्कमा कलेज सञ्चालन गर्न सक्छ भने सरकारीकरण गरे हुन्छ, शुल्ककै कारण मेडिकल कलेज धाराशायी बनेका छन् एक सञ्चालककाे गुनासाे रहेकाे छ ।

सरकारले उपत्यकाभित्र ३८ लाख र बाहिर एमबिबिएस शुल्क ४२ लाख ५० हजार रुपैयाँ तोकेको छ। याे शुल्क अवैज्ञानिक भएकाे मेडिकल सञ्चालककाे जिकीर रहेकाे छ ।

Facebook Comments