कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझाबाट रजनी केसी उम्मेदवार बन्ने निश्चित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकाे कास्की जिल्ला समितिले कास्की निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिश गरेकाे छ ।

एकल नाम सिफारिश भएकाले भट्टराईलाई भएकाे छ । जस्ले गर्दा सत्तारूढ नेकपाबाट भट्टराई उम्मेदवार बन्ने निश्चिछ जस्तै छ । त्यस्तै साझा पार्टीले पनि केन्द्रीय समितिकाे बैठकबाट निर्णय गरी पार्टी नेतृ रजनी केसीलाइ उम्मेदवार बनाउने घाेषणा गरिसकेकाे छ ।

कांग्रेसमा भने उम्मेदवार दावी गर्ने धेरै भएपछि १६ जनाकाे नाम केन्द्रमा सिफारिस गरिएकाे छ ।

कास्की २ तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनसँगै खाली छ । उपनिर्वाचन हुने क्षेत्रबाट लोकप्रिय मतसहित निर्वाचित अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । अधिकारीको निधनसँगै रिक्त कास्की २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

यसअघि साझा पार्टीले पनि पाेखरामै केन्द्रीय समितिकाे बैठक बसी गत बुधबार विशेष पत्रकार सम्मेलन गरी रजनी केसीलाइ क्षेत्र नं. २ काे उम्मेदवार घाेषणा गरेकाे थियाे । केसी भर्खर मात्र काँग्रेस छाडेर साझा पार्टी प्रवेश गर्नुभएकाे हाे ।

साझा पार्टीका संयाेजक रविन्द्र मिश्रले कास्कीमा चुनाव जितिछाड्ने दाबी गर्नुभएकाे छ ।

उम्मेदवार घाेषणा गर्न भएकाे पत्रकार सम्मेलनमा केसीले कांग्रेस विग्रेकाे बस भएकाे भन्दै चुनाव जित्नका लागि उम्मेदवारी दिएकाे बताउनुभयाे ।

Facebook Comments