नेल्टाको दोस्रो महाधिवेशन राष्ट्रिय फागुनमा हुने
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को दोस्रो राष्ट्रिय महाधिवेशन आगामी फागुन महिनामा काठमाण्डौँमा हुने भएको छ ।
नेल्टाको हालै बसेको केन्द्रीय कार्य समितिको ११ औ बैठकले आगामी फागुन १५ देखी १७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
महाधिवेशनमा प्रतिनिधि पर्यवेक्षक गरी ६ सय जनाको सहभागिता रहने श्रेष्ठले जानकारी दिनुभयाे । नेल्टाले देशका ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरिसकेको जनाएको छ ।
महाधिवेशनलाई लक्षित गरेर आगामी पुस मसान्तसम्म ७७ वटै जिल्ला अधिवेशन समेत सम्पन्न गरिने नेल्टाकाे तयारी छ ।
Facebook Comments

