जर्मनीमा रहेकाे सङ्ग्रहालयबाट १ अर्ब युराे बराबरका गहना चाेरी
पूर्वी जर्मनीमा रहेको विश्वप्रसिद्ध सङ्ग्रहालयबाट करिब एक अर्ब युरो मुल्य बराबरका बहुमूल्य गहनाहरू चोरी भएको छ। जुन झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ बराबर हुन
सोमबार बिहान चोरहरूले उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा बनाइएका तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चाेरी भएकाे बताइएकाे छ ।
बिबिसीले घटनालाई दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैतीको संज्ञा दिइएको उल्लेख गरेकाे छ।
घटना स्थानीय समयानुसार सोमबार बिहान ५ बजेतिर भएको हो।
ड्रेस्डेन ग्रीन भल्टमा गहना चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको छ।
प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ। तर अझै पनि कोही पक्राउ परेका छैनन्।
चाेरिएका गरगहनाहरू टुक्र्याएर बिक्री हुन सक्ने चिन्ता सरकारी अधिकारीहरूले गरेका छन् ।
एजेन्सीकाे सहयाेगमा

