कान्छा ब्याट्सम्यान रोहितकुमारको विश्व रेकर्ड

नेपालका खेलाडी रोहितकुमार पौडेलले क्रिक्रेट खेलमा विश्व रेकर्ड कायम गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल काउन्सिलद्वारा मान्यता प्राप्त एक दिवसीय खेलमा नेपालका कान्छा ब्याट्सम्यान रोहित कुमार पौडेलले विश्व रेकर्ड राख्न सफल भएका छन् ।

उनले नेपाल विरुद्ध अरब इमिरेट्सको एक दिवसीय खेलमा १६ वर्ष १४६ दिनमा ५५ रन बनाइ अर्ध शतकको रेकर्ड राख्न सफल भएका हुन् । यसअघिसचिन तेन्दुलकरको पाकिस्तान विरुद्धको खेलमा ५९ रन (१६ वर्ष, २१३दिन) को र साहिद अफ्रिदिको श्रीलंका विरुद्धको १०२ रन (१६ वर्ष २१७ दिन) को रेकर्ड रहेको थियो ।

Facebook Comments