प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकको नतिजा प्रकाशित (नजिता सहित)

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि संयोजकहरुको अन्तिम नतिजा प्रकाशन भएको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

मन्त्रालयले यसअघि अनलाइन आवेदन लिई रोजगार संयोजकको न्यूनतम योग्यता र मापदण्ड पुगेका २ हजार २ सय ६२ जनाको प्रारम्भिक सूची माघ २८ गते प्रकाशन गरेको थियो । प्रारम्भिक सूचीमा परीक्षार्थीको शनिवार र आइतबार कम्प्युटर सीपमा आधारित परीक्षा लिइएकोमा योग्यताक्रमका आधारमा नतिजा प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।

रोजगार संयोजकको प्रारम्भिक छनोट सुचीमा परेका २ हजार २ सय ६२ उम्मेदवारहरुमध्ये अधिकांश परीक्षार्थी कम्प्युटर सीप परीक्षामा अनुत्तीर्ण भएका छन् । प्रदेश नम्बर ५ बाट कम्प्युटर सीप परीक्षामा सहभागी भएका ३ सय २७ उम्मेदवार मध्येबाट आवश्यक मात्रामा परीक्षार्थी कम्प्युटर सीप परीक्षामा उत्तीर्ण भएपनि अन्य प्रदेशबाट भने आवश्वक मात्रामा परीक्षार्थी उत्र्तीर्ण हुननसकेको मन्त्रालयले जनाएको छ । अपुग कोटाका लागि पुन : आवेदन माग गरी परीक्षा लिने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ ।

नतिजा हेर्नुहोस्
प्रदेश १

प्रदेश २

प्रदेश ३

गण्डकी प्रदेश

प्रदेश ५

कर्णाली प्रदेश

सुदुरपश्चिम प्रदेश

Facebook Comments