काँग्रेसमा आन्तरिक विवादः केन्द्रीय कार्यसमिति बैठक स्थगित

नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ । मंगलबार बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता उपस्थित नभएपछि स्थगित गरिएको हो ।

पार्टी विधान बहुमतका आधारमा पास गरेर सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै देउवाइतर समूहले विरोध गर्दै आएका छन्। पार्टी विधानमा केन्द्रीय नेता महाधिवेशन प्रतिनिधि हुन चुनाव लड्न नपर्ने व्यवस्था बहुमतबाट राखेपछि पौडेल– सिटौला समूहका नेताले लिखित असहमति राखेका थिए ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले वरिष्ठ नेतासहित पदाधिकारी बैठक बसेर केन्द्रीय कार्यसमिति बैठक केही दिनका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ । अव कांग्रेस बैठक कहिले बस्ने भन्ने टुंगो छैन ।

Facebook Comments