लगानी सम्मेलनमा गण्डकी प्रदेश : ११ परियोजना प्राथमिकतामा

सरकारको मुख्य प्राथमिकतामा रहेको काठमाण्डौं–पोखरा रेलमार्ग निर्माणका लागि झण्डै ३ अर्व लागत लाग्ने भएको छ । सरकारले काठमाण्डौंमा हुने लगानी सम्मेलनमा प्रस्तुत गर्न लागिएको मुख्य योजना मध्येको काठमाण्डौं पोखरा–रेलमार्ग १ सय ८७ किमी लामो हुने र २ अर्व ८३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

सार्वजनिक निजी साझेदारी अवधारणामा यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ । रेलमार्गमा ४४ वटा सुरुङ र मादी नदीमा सबैभन्दा लामो अर्थात १२ सय ९५ मिटर लामो पुल बन्नेछ । १० बर्ष निर्माण सम्बन्धि अनुभव रहेका कम्पनीलाई परियोजना दिन सकिने लगानी बोर्डले जनाएको छ ।

चैत १५ र १६ गते काठमाण्डौंमा लगानी सम्मेलन हुदैछ । यसका लागि लगानी बोर्डले ‘चुच्चे रेल’ देखि स्की रिसोर्टसम्मका परियोजनाहरुमा लगानी आह्वान गरेको छ । लगानी सम्मेलनका लागि गण्डकी प्रदेशका ११ वटा परियोजना प्राथमिकतामा परेका छन् ।

जस अनुसार ‘खेल पर्यटन’ को अवधारणामा टेकेर ११ अर्ब २७ करोड रुपैयाँ लागतको स्की रिसोर्ट मनाङमा, कालीगण्डकी जलविद्युत परियोजना, गण्डकी प्राविधिक विश्वविद्यालय, हेम्जामा एकिकृत कृषि परियोजना संचालन, काठमाण्डौं–पोखरा–लुम्बिनी रेलरविद्युतीय रेल, तालतलैया पर्यटन परियोजना, दमौली बहुउदेश्यीय पर्यटन परियोजना रहेका छन् ।

Facebook Comments