विप्लव नेतृत्वको नेकपा एजेण्डाविहीन : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको कुनै राजनीतिक एजेण्डा नरहेको बताउनुभएको छ । साथै उहाँले एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको टिप्पणी समेत गर्नुभएको छ ।
आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मुलुकको विकास निर्माणमा अवरोध पु¥याउने र राज्यको सम्पत्तिमा क्षति पु¥याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव नेतृत्वको नेकपालाई आह्वान गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति आवश्यक हरेको र सम्भव पनि नभएको जिकीर गर्नुभयो । मुलुकमा हिंसात्मक गतिविधि गर्ने जोसुकै समूहलाई पनि नागरिकले स्वतः प्रतिकार गर्ने उहाँको भनाई रहेको छ । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले यो एक वर्षमा विकास निर्माणका आधार तयार गरेको बताउँदै अब प्रदेशको आर्थिक समृद्धिका लागि धमाधम काम गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

