महिला पर्यटन व्यवसायीकाे कर शिक्षा तालिम सम्पन
पोखराका पर्यटन व्यवसायी महिलाले कर शिक्षा सम्बन्धित एक दिने तालिम लिएका छन् ।
महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)को आयोजना तथा आन्तरिक राजश्व कार्यालय पोखराको प्राविधिक सहयोगमा सम्पन्न तालिममा कर सम्बन्धित राज्यको नीति र नागरिक एवं व्यवसायीको दायित्व सम्बन्धि विषयमा प्रशिक्षण दिइएको हो ।
राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशव उप्रेतीले राज्यलाई समृद्ध बनाउन व्यवसायीले कर तिर्नुपर्ने बताउनुभयो ।
राज्यलाई कर छल्नु आर्थिक अपराध हुने भन्दै उहाँले कर तिर्नेलाइ राज्यले प्रोत्साहन गर्ने बताउनुभयाे ।
कर छली गर्न खाेजे सजायकाे भागीदार हुने भएकाले विल लिने र दिने वानीको विकास गर्न उहाँले व्यवसायी महिलालाई आग्रह गर्नुभयो ।
राज्यप्रति नागरिककाे पनि जिम्मेवारी हुने उप्रेतीकाे भनाइ छ ।
कार्यक्रममा सबै साना ठुला व्यवसायी करको दायरामा आउन सके राज्य आर्थिक रूपमा बलियाे हुने र वैदेशिक ऋणबाट मुलुक चलाउनु पर्ने अवस्थाको अन्त्य हुनेमा सहजीकरणका अवसरमा जाेड दिइएकाे थियाे ।
मञ्चका अध्यक्ष जमुना पराजुली ले करको बारेमा राम्रो जानकारी नहुँदा कर प्रति व्यवसायीको सकारात्मक दृष्टिकोण बन्न नसकेको बताउनुभयो ।
कार्यक्रमका सहभागीहरूले करबारे स्पष्ट नहुँदा कतिपय व्यवसायी जरिवानमा पर्ने गरेकाे बताउनुभयाे ।

