चीनमा ‘स्टारफिस’ विमानस्थल सञ्चालनमा
चीनले विश्वकै ठूलाे भनिएकाे पइचिङ-तासिङ इन्टरनेसनल एयरपोर्ट(विमानस्थल) सञ्चालनमा ल्याएकाे छ ।
चीनका राष्ट्रपतिले एअरपाेर्टकाे उद्घाटन गर्नुभएकाे हाे भने यसै हप्ता सञ्चालनमा आएको उक्त विमानस्थल मार्फत् चीनले भौतिक निर्माणमा अर्को चमत्कार देखाएको छ।
विश्वकै ठूलो एकल भवन टर्मिनल रहेकाे याे विमानस्थल निर्माण सुरु भएको ५ वर्षमा तयार पारिएकाे हाे । विमानस्थल निर्माण गर्न ४५० बिलियन चिनियाँ युयान खर्च भएको चिनीयाँ अधिकारीहरूले बताएका छन् ।
राजधानीमा रहेकाे अर्काे विमानस्थलले यात्रुकाे चाप थेग्न कठिन हुँदै गएपछि ‘स्टारफिस’ एयरपोर्ट उपनाम दिइएको एअरपाेर्ट सञ्चालनमा ल्याइएकाे हाे ।
राजधानी बेजिङ नजिकै रहेको यो विमानस्थल गत जुन ३० मा निर्माण सम्पन्न भएको थियो।
_20190925143200.jpg)
अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापनाको ७० औँ वर्षगाँठ मानउन लागेको चीनले त्यसअघि यो विमानस्थल सञ्चालनमा ल्याएको छ।
_20190925143159.jpg)
७ लाख वर्ग मिटर क्षेत्रफलमा रहेको यो विमानस्थलमा चारवटा रन वे छन्।
सन् २०२५ सम्ममा वार्षिक ७ करोडभन्दा बढी यात्रुलाई सेवा दिने गरी उक्त विमानस्थलको क्षमता विस्तार गरिने गार्डियनले लेखेको छ।
सन् २०४० सम्ममा यहाँ ८ वटा रन वे बन्नेछन् र वर्षमा १० करोड यात्रुलाई सेवा दिइनेछ।

