प्रचण्डसँग दुरी बढ्ने संभावना छैनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको र बढ्ने संभावना पनि नरहेकाे बताउनुभएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच मतभेद बढेको समाचार आएकाे सन्दर्भमा प्रधानमन्त्रीकाे यस्ताे धारणा सार्वजनिक भएकाे हाे ।
असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘रमाइलो कुरा गर्नुभयो । काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो ।’
प्रधानमन्त्री ओलीले प्रचण्डसँग दुरीकाे अवस्था नरहेकाे भन्दे पत्रकारलाइ गणित नमिलेकेा जवाफ फर्काउनुभएकाे थियाे ।
Facebook Comments

