तिहारकाे दाेस्राे दिन कुकुर पुजा गरी मनाइयाे
हिन्दु नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहारकाे दाेस्राे दिन आज कुकुरकाे पुजा गरी मनाइएकाे छ । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको हाे।
कुकुरको पूजा गरी मीठो खान दिए यमलाेकमा यमराजकाे पहरेदारका रूपमा मूलढाेकामा बस्ने कुकुरले मृत्युपछि यमलाेककाे यात्रामा सहज रूपमा बाटाे दिन धार्मिक विश्वास छ ।

यमराजको मूलढोकामा बस्ने श्याम र सवल नाम गरेका कुकुर पहरेदारका रूपमा रहने धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
कुकुर अहिले विश्वमा नै लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ।
कुकुरले घरमा काेही अपरिचित व्यक्ति वा बन्यजन्तु लगायतबाट सुरक्षा दिने काम गर्दछ ।
Facebook Comments

