परिवर्तनविराेधी नेताहरूवीच फाटाे ल्याउन सक्रिय भएः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मुलुकमा यतिबेला परिवर्तनविराेधी तत्व सक्रिय भइरहेकाे बताउनुभएकाे छ ।

परिवर्तनविराेधी तत्व नेताहरूवीच विवाद ल्याउने तथा सरकारलाई बद्नाम गर्ने प्रयासमा लागेकाे प्रचण्डकाे भनाइ छ ।

नेपाल सम्बतको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको बताउनुभयाे ।

उहाँले परिवर्तन पक्षधरले सरकारविराेधी र पार्टी एकता विराेधी तत्वकाे प्रतिवाद गर्नुपर्ने बताउनुभयाे ।

परिवर्तनविराेधी तत्व रातदिन कम्युनिष्ट पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेकाे प्रचण्डकाे कथन थियाे ।

राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समोवशिता ल्याउन सबैको भूमिका रहेको तर काठमाडौं उपत्यकाका जनता निर्णायक भएको उनले बताए । प्रचण्डले अघि भने, ‘अरूलाई कम भन्न खोजेको होइन तर (परिर्वतनलाई) पछाडि फर्काउन खोज्ने, जनतामा भ्रम सिर्जना गर्न खोज्ने प्रवृत्ति राष्ट्र र जनताको विरुद्धमा छ भन्ने तपाईंहरुले जत्ति अरूलाई बुझाउन गाह्रो छ ।’

मुलकमा राजनीतिक स्थायित्व जरुरी रहेकाले आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुपर्ने प्रचण्डकाे अपिल थियाे । प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरिएकाे थियाे ।

तर पछिल्ला सरकारहरूले नेपाल सम्वत् काे व्यवहारिक रूपमा लागू हुन भने सकेकाे छैन ।

सरकारको तर्फबाट नै नेपाल सम्वत् चलनचल्तीमा ल्याउनुपर्ने प्रचण्डकाे धारणा थियाे ।

Facebook Comments