अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भियतनाममा वार्ता
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङबीच भियतनाममा वार्ता भएको छ । उहाँहरुवीच आज ३० मिनेटको संक्षिप्त वार्ता भियतनामको हनोईमा भएको हो । वार्तापछि किमले अमेरिकी राष्ट्रपतिको साहसी राजनीतिक निर्णयका कारण दोस्रोपटक वार्ता सम्भव भएको बताउनुभयो ।
पत्रकारहरूलाई सम्बोधन गर्दै उहाँले आठ महिनाअघि र अहिलेको बीचमा निकै सोचविचार, प्रयास र धैर्यता देखिएको उल्लेख गर्नुभयो । आठ महिनाअघि किमले ट्रम्पसँग सिंगापुरमा शिखर वार्ता गर्नुभएको थियो ।
बाहिरी विश्वले अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धलाई सिंगापुर शिखरवार्तापछि बुझ्न नसकेको किमले बताउनुभयो । उहाँले हनोई शिखरवार्ताले सबैले स्वागत गर्ने परिणाम ल्याउने आशा गरेको बताउनुभयो ।
Facebook Comments

