कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित(नामावली सहित)
कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो ।
परीक्षा दिएका १२ हजार ९ जना परीक्षार्थी पास भएका छन्। यो वर्ष ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना पास भएको इपीएस शाखाले जानकारी दिएको छ ।
जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । पछिल्लो समय दक्षिण कोरियामा राेजगारीमा जान युवाहरूकाे आकर्षित हुने गरेका छन् ।
कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । हजाराैंकाे संख्यामा नेपालीहरू अहिले पनि राेजगारीका लागि काेरियामा रहेका छन् ।
Facebook Comments

