पाेखरादेखि चितवनकाे पटिहानीसम्म पर्यटक बस सञ्चालन

पाेखरादेखि चितवन जिल्लाकाे पर्यटकीय क्षेत्र पटिहानीसम्म पर्यटक बस सञ्चालन गरिएकाे छ ।

विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबारबाट सीधा बस सेवा सञ्चालनकाे पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शुभारम्भ गर्नुभयाे ।

मन्त्री पाण्डेले पर्यटन प्रवर्द्धनका लागि एउटा पर्यटकीय गन्तव्यलाई अर्को गन्तव्यसँग सीधा जोड्ने सडक र स्तरीय सवारी साधन सञ्चालन महत्वपूर्ण हुने बताउनुभयाे ।

यातायात क्षेत्रमा सेवा सुविधा विस्तार गर्ने र नागरिककाे पहुँच अभिबृद्धि गर्ने तर्फ ध्यान दिन समेत सुझाव दिनुभयाे ।

भरतपुर २२ का वडाअध्यक्ष विष्णुराज महत्तोले पटिहानीलाई छिट्टै अन्य पर्यटकीय गन्तब्यसँग जाेड्नुपर्ने बताउनुभयाे । कसरा टुर्स एण्ड ट्राभल्सले पटिहानी पोखरा पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको हो।

पाेखराबाट विहान ८ बजे छुट्ने र पटिहानीबाट विहान ८.१५ मा छुट्ने बताइएकाे छ । बस सेवा लन्च भएपनि नियमित रूपमा सञ्चालन भने कात्तिक महिनाबाट मात्र हुने छ ।

Facebook Comments