गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङेको सपथ ग्रहण सम्पन्न
मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ(दिपक मनाङे)लाई सपथ ग्रहण गराइएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सोमबार साँझ उहाँलाई सपथ ग्रहण गराउनुभएको हो ।
स्वतन्त्र उम्मेदार बन्नुभएका मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित हुनुभएको थियो । निर्वाचित भएपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण मनाङेको सपथ हुन सकेको थिएन ।

प्रदेशसभामा निर्वाचित भएपछि करिव ८ महिनासम्म जेल रहेका मनाङेलाई पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतको आदेशबाट छुटेपछि मनाङेले सपथका लागि प्रदेशसभा समक्ष निवेदन दिनुभएको थियो ।
समथग्रहणमा गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण महत, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशसभाकी उपसभामुख सिर्जना शर्मा लगायतको उपस्थिति रहेको थियो ।

