विप्लव नेतृत्वको नेकपाद्वारा नेपाल बन्द फिर्ता

नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको आम हड्ताल नेपाल बन्द कार्यक्रम फिर्ता लिएको छ । चैत १६ गतेका लागि सो पार्टीले आह्वान गरेको नेपाल बन्द कार्यक्रम फिर्ता लिएको हो ।

आफ्ना पार्टीका नेता कार्यकर्ता पक्राउको र पार्टीका गतिविधिमाथि सरकारले गरेका प्रतिबन्धको विरोधमा आन्दोलनका विभिन्न कार्यक्रम सहित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो ।

बन्द फिर्ताको विज्ञप्ति गर्दै महासचिव नेत्र विक्रम चन्द विप्लवले एस ई ई र बार एशोसियशनको निर्वाचन लगायतलाई मध्यमजर गर्दै बन्द फिर्ता लिएको उल्लेख गर्नुभएको छ ।

एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले जनताको पक्षमा जिम्मेबार पार्टी भएकाले विद्यार्थी र कानुन व्यवसायीको आग्रहलाई स्वीकार गरी बन्द स्थगित गरिएको बताउनुभएको छ ।

Facebook Comments