भरतपुर महानगरपालिकाका संस्थापक प्रमुख मुक्तिलाल चुकेको दाहसंस्कार सम्पन्न

तत्कालिन भरतपुर नगरपालिकाका संस्थापक प्रमुख मुक्तिलाल चुकेको शनिबार अन्त्येष्टी गरिएको छ । शवयात्रा सहित स्वर्गीय चुकेको देवघाटमा दाहसंस्कार गरिएको छ ।

चुकेकाे पार्थिव शरीरमा लाई नेपाली काँग्रेसका महामन्त्री डा. शशंक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

केको पार्थिव शरीरमा लाई नेपाली काँग्रेसका महामन्त्री डा. शशंक कोईरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

यसअघि चुकेको पार्थिव शरीरलाई आज विहान काँग्रेस चितवनको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी चितनका अध्यक्ष यमबहादुर परियार लगायत काँग्रेस नेता कार्यकर्ता, सर्वसाधारण, आफन्त गरी ठूलो संख्यामा चुकेको अन्तिम श्रद्धान्जली लागि देवघाट पुगेका थिए ।

वि.सं. १९९२ कार्तिकमा गुल्मीमा जन्मिएका चुकेको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो । बुबा ज्योतिलाल चुके र आमा गंगादेवी चुकेको कान्छा छोराको रुपमा जन्मिएका मुक्तिलाल चुकेका तीन जना छोरा र एक छोरी छन् ।

यसैवीच चुकेको निधनपछि आँखा दान गरिएको छ । निधनलगत्तै चुकेको भरतपुर आँखा अस्पतालको टोलीले आँखाको नानी निकालेको हो । स्वर्गीय चुके नेपाल नेत्रज्योती संघका संस्थापक समेत रहनुभएको थियो ।

Facebook Comments