बन्ला त अबकाे एक वर्षमा मेलम्ची !

दुइ तिहाइ मत सहितकाे कम्युनिष्ट सरकार बनेपछि जनतामा विकासले गति पाउने आ श थियाे ।

सरकारले पनि रेल, पानी जहाज, घरघरमा ग्यास पाइप लगायतका विभिन्न नारा सारेकाे थियाे ।

नागरिकले सरकारका कुरा शंकाकाे साथै अघिल्लाे वर्ष दशैंसम्ममा मेलम्चीकाे पानी काठमाण्डाैं आउने झिनाे आश नगरेका पनि हाेइनन् ।

तर इटालीयन कम्पनि भुक्तानी नपाएकाे भन्दै भागेपछि १ बर्ष त्यतिकै वित्याे ।

पछिल्लाेपटक आइतबार पुनः मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम एक वर्षमा सक्न चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झाैता भएकाे छ ।

१२ महिनाभित्रै काम सक्नुपर्ने कम्पनीले असोज २६ गते काम सुरु गर्ने बताएको छ ।

आयोजनाले सिनोलाई समय आगावै काम सके दिनको ०.०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने गरी सरकारले सम्झौता गरेको हाे ।

छिटो काम सकेमा प्रतिदिन १२ लाख ७५ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयाे । त्यस्तै काममा ढिलाई भएमा निर्माण कम्पनी सिनोले दिनमा १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ ।

सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधार लगायतका काम गर्नुपर्ने सम्झाैतामा उल्लेख छ ।

हेडवर्क्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडान लगायतका काममा पनि सिनाे हाइड्राेले नै ठेक्का पाउँदैछ ।

यसअघि इटालियन कम्पनी सीएमसीले मलम्चीको ठेक्का पाएकाे थियाे । झण्डै ८५ प्रतिशत काम सकिएपछि सीएमसी भागेकाे हाे ।

सम्झाैता भएपनि पटक पटक सरकारका तर्फबाट मिति सार्ने काम भएकाले यसपटक पनि निर्धारित समयमा नै मेलम्चीकाे पानी काठमाण्डाैमा आउनेमा भने सर्वसाधरण विश्वस्त हुन सकेका छैन्न ।

Facebook Comments