मनकामना पोखरा कपको उद्घाटन खेलमा एपिएफ विजयी

मनकामना केबुलकार पोखरा कप २०७५ को उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ । एन्फा कास्कीको आयोजनामा पोखरामा आजदेखि मनकामना केवुलकार पोखरा कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलले विजयी सुरुवात गरेको हो । हिमालय शेर्पालाई २ – १ गोल अन्तरले हराउदै एपिएफले अन्तिम आठमा स्थान बनाएको छ ।

सशस्त्रको एपिएफले हिमालयन शेर्पा क्लबलाई २/१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा सशस्त्रका २३ नम्बर जर्सीका खेलाडी आशिस लामाले २५ औं मिनेटमा १ गोल र दोस्रो हाफको ९ मिनेटमा एफिएफका कप्तान सुदिप सिख्राकारले पेनाल्टीमा अर्को गोल गरेका थिए । सम्पन्न खेलको पहिलो हाफको २५ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिएका थिए ।

दोस्रो हाफमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै शेर्पाले खेलमा कमब्याक गर्यो । खेलको ५४ औं मिनेटमा अमर डंगोलले गोल गरे । खेलको ७८ औं मिनेटमा एपिएफले डिबक्स भित्र ह्याण्ड भएपछि पेनाल्टीको अवसर पायो । सुदिप सिख्राकारले गोल गर्दै शेर्पाको चुनौति २–१ गोलले पन्छाउँदै एक गोलको अग्रता बनाए ।

बुधबार दोस्रो दिनको खेल डफिन्स टिम फेमेली क्यामरुन र च्यासल युथ क्लब बीच खेल हुने छ । प्रतियोगिताको बिजेताले ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसै गरि उपविजेताले ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ ।

उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले गर्नुभएको थियो ।


प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाईजको सहभागिता रहनेछ । प्रतियोगितामा पुरस्कार राशीलाई पाँचौ सस्करणको भन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने निर्णय समेत कास्की जिल्ला फुटबल संघले गरेको छ । उत्कृष्ट पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

Facebook Comments