शिक्षा ऐन अनुसार अस्थायी शिक्षकलाई विदा दिइने
अस्थायी शिक्षकका बारेमा शिक्षा ऐनमा भएकै व्यवस्था अनुसार कार्य गर्ने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । ऐनमा शिक्षक सेवा आयोगले नतिजा सार्वजनिक गरेको मितिबाट स्वतः अवकाश हुने व्यवस्था छ ।
हिजो गरेको परिपत्रमा शिक्षक सेवा आयोगबाट सम्बन्धित तहको योग्यताक्रम सहितको एकिकृत नतिजा प्रकाशन गरेको मितिबाट अवकास दिने व्यवस्था गर्न भनिएको केन्द्रका निर्देशक एवम् प्रवक्ता दिपक शर्माले सीआइएनसँग बताउनुुभयो ।
यसअघि शिक्षकलाई दिने सेवा सुविधाको व्यवस्था कार्यान्वयनमा ढिलाई भएको भन्दै शिक्षकका संगठनले उनीहरुलाई केही समय करारमा नियुक्ति दिन लविङ् गर्दैै आएका थिए । स्थायीका लागि लिइएको मौखिक परीक्षामा मुलकुभर करिव १० हजार अस्थायी शिक्षक असफल भएका छन् ।
Facebook Comments

