सीमाक्षेत्रमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ ।
दुई नेतावीच दक्षिण र उत्तर कोरियाको गैरसैनिक सीमा क्षेत्रमा भेटवार्ता भएको हो ।

उत्तर कोरियाली नेतालाई सीमाक्षेत्रमा भेट गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुनुहुन्छ ।

आइतबार दिउँसो दक्षिण कोरियाली समकक्षी मुन जाइ इनसँगै राष्ट्रपति ट्रम्प उत्तर र दक्षिण कोरियाको सैनिकरहित क्षेत्रमा पुग्नुभएको हो ।

ट्रम्पलाई भेट्न किम प्योङयाङदेखि गैरसैनिक सीमा क्षेत्रमा आउनुभएको थियो । दुबै नेताले सैनिकरहित क्षेत्रमा हात मिलाएका थिए ।

US President Donald Trump (R) walks with North Korea’s leader Kim Jong Un during a break in talks at the second US-North Korea summit at the Sofitel Legend Metropole hotel in Hanoi on February 28, 2019. (Photo by Saul LOEB / AFP) (Photo credit should read SAUL LOEB/AFP/Getty Images)

त्यसपछि ट्रम्प र किम उत्तर कोरियाको सीमाभित्र गएका थिए । यसअघि पदमा रहँदा कुनै पनि राष्ट्रपति उत्तर कोरियाको सीमाभित्र पुगेका थिएनन्।

भेटघाटपछि दुबै नेता संयुक्त पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । पत्रकार सम्मेलनमा ट्रम्पले कोरियाली सीमाक्षेत्रमा भएको भेटघाट ऐतिहासिक घटना भएको टिप्पणी गर्नुभयो । यसअघि अवरुद्ध भएको वार्तालाई सूचारु बनाउन यो भेटले मद्दत पुग्ने विश्वास गरिएको छ ।

Facebook Comments