पोखरामा नेपजरी बुटिक सञ्चालनमा

पोखरामा पहिलोपटक सम्पुर्ण सेवा सुविधा सहित नेपजरी बुटिक सञ्चालनमा ल्याउनुभएको छ । युवा व्यवसायी तथा फेसनकर्मी विजय क्षेत्रीको लगानीमा उक्त बुटिक सञ्चालनमा आएको हो ।

पोखरामै पहिलोपटक विक्री, साटफेर तथा भाडामा आफुले बुटिक सञ्चालनमा ल्याएको सञ्चालक क्षेत्रीले जानकारी दिनुभयो ।

बुटिकमा महिला तथा युवतीहरुको लागि साडी, लेहेङ्गा, ग्राउन, तथा डिजाईन अनुसारको कपडा तयार पारिने संचालक क्षेत्रीले जानकारी दिनुभयो ।

महेन्द्रपुल स्थित अन्नपुर्ण सुपरमार्केटको दोस्रो तल्लामा रहेको बुटिक बाट प्राप्त हुने केहि प्रतिशत रकम समाज सेवामा समर्पित गर्ने क्षेत्रीले बताउनुभयो ।

पोखरामा रहेर लामो समयदेखी फेसन क्षेत्रमा काम गरेको र देश तथा समाजमै रहेर काम गर्ने मनसायले आफुले बुटिक सञ्चालनमा ल्याएको उल्लेख गर्नुभयो ।

करिब ४० लाखको लगानीमा सञ्चालनमा आएको बुटिकमा ३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।पछिल्लो समय विदेश जानेको बढ्दो संख्या र युवाहरुमा देखिएको बृतृष्णा प्रति पनि आफुले सञ्चालनमा ल्याएको बुटिकबाट पाठ सिक्न र युवाले स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसाय बनाउनुपर्नेमा सञ्चालक क्षेत्रीले जोड दिनुभयो ।

Facebook Comments