संविधानको पुर्ण कार्यान्वयनमा सभामुख अधिकारीको जोड


वेपत्ताको सार्वजनिकरण सरकारको भुमिका मुख्य हुन्छ: सभापति कोईराला 

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधान पुर्णकार्यान्वयन भए वेपत्ता र सहिदले देखेको सपना पुरा हुने बताउनु भएको छ ।

शुक्रबार पोखरामा ३६औं अन्तराष्ट्रिय वेपत्ता विरुद्धको दिवसको अबससरमा वेपत्ता परिवारको अवस्था सरोकारवालाको भुमिका सम्बन्धी अन्तरक्रियामा बोल्दै सभामुख अधिकारीले सो कुरा बताउनु भएको हो ।

संविधानको पुर्ण कार्यान्वयनको लागि वेपत्ता परिवारले दवाब दिनु पर्ने बताउनुभयो ।  कास्कीमा जनयुद्धको बेला ४० जना सहिद भएको र २५ जना वेपत्ता रहेको सभामुख अधिकारीको भनाई छ ।

 
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोईराला (रुपक)ले सरकारलेनै समस्याको समाधान गर्नुपर्ने भन्दै जनयुद्धमा आफु  संगैका साथीहरु सहिद र वेपत्ता भएको स्मरण गर्दे कोइरालाले आन्दोलनले पैदा गरेका समस्या सरकारले समाधान गर्नुपर्ने बताउनुभयो ।

सरकारले नीतिनै बनाएर वेपत्ता घाइतेहरुकोलाई सम्बोधन गर्नुपर्ने स्पष्ट पार्नु भयो । बर्षोदेखि वेपत्ताहरुको  अबस्था सार्वजनिक नहुदा उनिहरुका घरपरिवार पिडामा रहेको बताउनुभयो ।

वेपत्ता योद्धा र सहिदहरुको बलिदानको कारण आज गणतन्त्र, संविधान ,संघियता आएको बताउनुभयो । 

प्रत्यक्ष जनयुद्धमा सहभागि भएको आफुपनि संयोगले बाचेको भन्दै जे कुरा गर्न खोजेका थियौ त्यो पुरा हुन नसकेको बताउनुभयो ।

नेकपाका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापाले ढिलै भएपनि समस्या समाधान हुने बताउनु भयो । सरकार अभिभावक भएको भन्दै सांसद थापाले कास्कीको समस्या आफु अध्यक्ष भएकोले जुनसुक्कै हालतमा समस्या  समाधान गर्ने बताउनुभयो ।

थापाले वेपत्ताहरुको आवाज उठाउनु राम्रो भएपनि भावनात्मक कुरालाई मसला नबाउन गैर सरकारी सस्थाहरुलाई आग्रह गर्नुभयो ।

वेपत्ता योद्धा परिवार समाज ,कास्कीका अध्यक्ष अणनाथ बरालले आफुहरु १७ बर्षदेखि वेपत्ताहरुको पर्खाइमा बसेको भन्दै पार्टी र सरकारले न्यायको लागि पलहगर्नुपर्ने बताउनुभयो ।

तत्तकालिन सरकारको नेतृत्व गरेको नाताले काग्रेस र जनयुद्ध आन्दोलन गरेको कम्युनिष्ट दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

वेपत्ता परिवारको अबस्था नाजुक भएको छोरीको शिक्षा दिक्षामा समस्या परेको आफ्न्तको पर्खाईमा रहिरहेको बताएका थिए  ।

Facebook Comments