उपनिर्वाचनमा ४ लाख ५४ हजार मतदाता
प्रतिनिधिसभा, प्रदेशसभा र विभिन्न स्थानीय तहमा रिक्त रहेकाे जनप्रतिनिधि चयनका लागि उपनिर्वाचनमा मतदान भइरहेकाे छ ।
मुलुकका ३७ जिल्लाका ५२ स्थानमा अहिले मतदान जारी रहेकाे छ ।
बिहान ७ बजेदेखि सुरू भएको मतदानमा उत्साहजनक सहभागिता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
कास्की–२ को प्रतिनिधिसभा, दाङ, बाग्लुङ र भक्तपुरमा प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचन भइरहेको छ। त्यस्तै फाल्गुनन्द, मकालु गाउँपालिका र पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन जारी छ ।
उपनिर्वचनमा विभिन्न स्थानीय तहका ४३ वडाअध्यक्ष को लागि समेत अहिले मतदान भइरहेको छ ।

कास्की–२ मा २१ उमेदवार प्रतिस्पर्धामा छन् ।
त्यस्तै भक्तपुर, बाल्गुङ, दाङको प्रदेशसभा सदस्य निर्वाचन ४३ उमेदवार प्रतिस्पर्धामा रहेका छन् । अन्य स्थानका लागि २७३ उमेदवार मैदानमा रहेको आयोगले जनाएको छ ।
जारी उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनाले मताधिकार प्रयोग गर्नेछन् । मतदान बेलुका ५ बजेसम्म जारी रहने आयोगले जानकारी दिएको छ । निर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेकाे पनि आयोगले जानकारी दिएको छ ।

