पर्यटन, नागरिक तथा उड्ययन मन्त्रीमा याेगेश भट्टराई नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै अाउनुभएकाे पर्यटन, नागरिक तथा उड्ययन मन्त्रालयमा याेगेश भट्टराईलाई मन्त्री नियुक्त गर्नुभएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईलाई मन्त्रीमा नियुक्त गरेसँगै ४ बजे सपथकाे कार्यक्रम तय भएकाे छ ।

तत्कालीन पर्यटनमन्त्रीकाे हेलीकप्टर दुर्घटनामा निधन भएपछि गत फागुनदेखि उक्त मन्त्रालय प्रधानमन्त्री मातहत रहेकाे थियाे ।

यसअघि निर्वाचनकाे प्रचार प्रसारकाे क्रममा भाषण गर्दै तत्कालीन पार्टी अध्यक्ष ओलीले भट्टराईलाई जिताएर पठाएमा मन्त्री बनाउने बताउनुभएकाे थियाे ।

Facebook Comments