संघीय जनगणतन्त्रका लागि संघर्ष आवश्यकः गजुरेल

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीका नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल ‘गौरव’ले वर्तमान सरकारको काम कारवाही जनताका पक्षमा नभएकाले अर्को संघर्ष आवश्यक भएको बताउनुभएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाले पोखरामा गरेको कार्यक्रममा नेता गजुरेलले अहिलेको राजनीतिक परिवर्तनबाट मुलुक अगाडि बढन् नसक्ने दावी गर्नुभयो । सुशासन र राष्ट्रिय स्वाधीनताका संघीय जनगणतन्त्रको आवश्यकतामा समेत उहाँको जोड रहेको थियो ।

संघीय जनगणतन्त्र संसदबाट स्थापना नहुने भन्दै गजुरेलले सडक आन्दोलनबाटै राजनीतिक परिवर्तन हुने दावी गर्नुभयो । अब हुने आन्दोलन कुनै एउटा राजनीतिक पार्टी र संगठनको लागि नभएर आम नागरिकको अधिकार प्राप्तिको पक्षमा हुने उहाँको भनाई थियो ।

कार्यक्रमका अन्य सहभागी वक्ताहरुले वर्तमान पश्चगामी संविधान र प्रतिक्रियावादी व्यवस्थाकै विकल्पमा संघीय जनगणतन्त्र खोज्नुपर्ने बताएका थिए । संघीय जनगणतन्त्रका लागि अवको संघर्ष केन्द्रित हुनुपर्ने उनीहरुको भनाई थियो । विद्यमान लोकतान्त्रिक गणतन्त्रको अग्रगामी विकल्प संघीय गणतन्त्र रहेको उनीहरुको ठहर थियो ।

यसैवीच देशभक्त जनगणतान्त्रिक मोर्चाले आन्दोलन गर्ने भएको छ । फागुनको ७ गतेदेखि २१ ग्तेसम्म ‘मेची महाकाली जगजागरण र जनपरिचालन अभियान’ सञ्चालन गर्ने मोर्चाले जनाएको छ । फागुनको ७ गते काठमाण्डौं, पोखरा, झापाको काँकडडभिट्टा र कञ्चलनपुरको गड्डाचौकीबाट एकसाथ अभियानको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ऐतिहासिक जनआन्दोलनको अवसर पारेर चैतको २४ गते काठमाण्डौंमा जनप्रदर्शन गर्ने कार्यक्रम छ ।

Facebook Comments