लगानी सम्मेलनमा आयोजनाको समझदारीपत्रमा हस्ताक्षर
सरकारले आयोजना गरेको लगानी सम्मेलनमा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यस्तै विभिन्न १७ वटा परियोजनामा आवेदन परेको छ । सम्मेलन सम्पन्न भएसँगै विदेशी पाहुनाहरु फर्किएका छन् भने सरकारले लगानी सम्मेलन भव्य रुपमा सम्पन्न भएको जनाएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्न लगानी सम्मेलन सरकारले आयोजना गरेको हो । सम्मेलनमा ६ सयभन्दा बढी विदशी लगानीकर्ता सहभागि भएका थिए । सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २७ गरी कूल ७७ परियोजनालाई सोकेसमा राखेको थियो ।
त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । लगानी बोर्डका अनुसार आवेदनमाथि छलफल गर्दै लगानी ल्याउन विषेश छलफलका साथ अगाडी बढने पनि बताउनुभयो । भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलो मात्रामा लगानीको चासो व्यक्त गरिएको छ ।

