कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्ने क्रम तीव्र
अमेरिकामा मात्रै ३ लाख बढी संक्रमित
कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर १२ लाख ७२ हजार ८ सय ६० जना संक्रमित भएका छन् ।
यो भाइरसको संक्रमण अमेरिकामा धेरै देखिएको छ । अमेरिकामा कूल संक्रमितको एक चौथाई संक्रमण देखिएको हो ।
अमेरिकामा मात्रै ३ लाख ३६ हजार ६ सय ७३ जनामा संक्रमण देखिएको छ । आइतबार मात्रै अमेरिकामा थप २५ हजार ३ सय १६ जनामा संक्रमण देखिएको थियो ।
त्यस्तै स्पेनमा १ लाख ३१ हजार ६ सय ४६ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख २८ हजार ९ सय ४८ जनामा संक्रमण देखिएको छ । अघिल्ला दिनहरुका तुलुनामा इटाली र स्पेनमा नयाँ संक्रमितको संख्यामा केही कमी आएको छ ।
उता जर्मनीमा १ लाख १ सय २३ जना, फ्रान्समा ९२ हजार ८ सय ३९ जना र चीनमा ८२ हजार ५ सय ४३ जना संक्रमित फेला परेका छन् ।
त्यस्तै इरानमा ५८ हजार २ सय २६, बेलायतमा ४७ हजार ८ सय ६, स्वीजरल्याण्डमा २१ हजार १ सय, बेल्जियममा १९ हजार ६ सय ९१, नेदरल्याण्डस्मा १७ हजार ५ सय ५१, क्यानडामा १५ हजार ५ सय १२, अष्ट्रियामा १२ हजार ५१ जना संक्रमित भएका छन् ।
त्यस्तै पोर्चुगलमा ११ हजार २ सय ७८, ब्राजिलमा ११ हजार २ सय ५४, दक्षिण कोरिया १० हजार २ सय ३७, इजरायलमा ८ हजार ४ सय ३०, स्वीडेनमा ६ हजार ८ सय ३०, अष्टे«लियामा ५ हजार ७ सय ५०, नर्वेमा ५ हजार ६ सय ८७, रसियामा ५ हजार ३ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
संक्रमण देखिएका अधिकांश देशहरुमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यसले प्रकोपको रुप लिइरहेको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन अधिकांश मुलुकहरुमा लकडाउन (घरबाट बाहिर ननिस्कन) पालना गर्न भनिएको छ । यस रोग फैलन नदिन होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन नै उपयुक्त विधि रहेको बताइएको छ । साथै विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा बढाएर संक्रमितहरुको पहिचान गर्न अपिल गर्दै आएको छ ।
कोरोना भाइरसको कारण हालसम्म विश्वभर ६९ हजार ४ सय २४ जनाको मृत्यु भएको छ । आइतबार मात्रै विश्वभर४ हजार ७ सय ३४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमध्ये सबैभन्दा धेरै इटालीमा १५ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ ।
स्पेनमा १२ हजार ६ सय ४१, अमेरिकामा ९ हजार ६ सय १६, फ्रान्समा ८ हजार ७८, हजार ४ सय ५२, बेलायतमा ४ हजार ९ सय ३४, इरानमा ३ हजार ६ सय ३, चीनमा ३ हजार ३ सय २९ जनाको मृत्यु भएको हो ।
त्यस्तै गरी जर्मनीमा १ हजार ५ सय ८४, बेल्जियममा १ हजार ४ सय ४७, नेदरल्याण्डस्मा १ हजार ७ सय ६६ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा ७ सय १५ जनाको मृत्यु हुँदा स्वीडेनमा ४ सय १, ब्राजिल ४ सय ८६, पोर्चुगल २ सय ९५, क्यानडा २ सय ८०, अष्ट्रिया २ सय ४, डेनमार्क मा २ सय ९२ र टर्कीमा ५ सय ७४ जनाको मृत्यु भएको छ ।
रोमानियामा २ सय ५१, इक्वेडरमा १ सय ८०, फिलिपिन्समा १ सय ५२, इन्डोनेसियामा १ सय ९८, अल्जेरियामा १ सय ५२ दक्षिण कोरियामा १ सय ८३ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमणले अमेरिका र युरोपेली मुलुकलाई यतिबेला आक्रान्त पारेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिएको हो ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
विज्ञहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको विकास गरिरहेका छन् भने हाल चालू रहेका औषधिको समेत प्रयोग गरिरहेका छन् ।
नेपालमा हालसम्म परीक्षण गरिएकामध्ये ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ जनालाई पूर्ण रुपमा निको भइसकेको छ भने अन्य ८ जना उपचारको क्रममा रहेका छन् ।
नेपालमा भेटिएका संक्रमितहरुमध्ये १ जनामा विदेशबाट आएका आफन्तबाट सरेको पाइएको छ । योसँगै नेपाल पनि कोरोना भाइरसको महामारीबाट दोस्रो चरणमा प्रवेश गरेको छ ।

