भारतबाट फर्केका एक युवककाे उपचारकाे क्रममा भरतपुर अस्पतालमा मृत्यु

चितवनकाे भरतपुर अस्पतालमा उपचारको क्रममा एक युवाकाे मृत्यु भएकाे छ ।

भारतबाट १० दिन पहिला फर्केका एक युवककाे भरतपुर अस्पतालकाे भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हाे।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पताल श्राेतले जानकारी दिएकाे छ ।

माडीका युवककाे मृत्यु भएपछि काेराेना संक्रमणकाे परीक्षणका लागि स्वाब परीक्षण गर्न प्रयाेगशालामा पठाइएकाे छ । शनिबार साँझसम्म कोरोना परीक्षण रिपोर्ट आउने अस्पतालले जनाएको छ।  

ती युवक मेरुदण्डको हड्डी भाँच्चिएपछि आठ महिनाअघि उपचार गर्न दिल्ली गएकाे पारिवारीक श्राेतले जनाएकाे छ । भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका युवकलाइ ज्वराे देखिएपछि भरतपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे थियाे ।

Facebook Comments