२ अध्यक्ष रहने गरी जनता समाजवादी निर्वाचन आयोगमा दर्ता

पार्टी एकीकरणकाे घाेषणा गरेका समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएकाे छ ।

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा २ अध्यक्ष रहने गरी दर्ता भएकाे हाे । जसमा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष रहने र बरिष्ठ नेताहरूमा डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई रहने निर्वाचन आयोगमा दल दर्ताका लागि दिइएकाे निवेदनमा उल्लेख छ ।

निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२  भएको छ।

Facebook Comments