नेपालमा काठमाडौं बाहिर पहिलोपटक लेखनाथमा संक्रामक तथा सरुवा रोग अस्पताल
पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालनमा आउने भएको छ ।
लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि अव गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल नामकरण गरिएको हो ।
बिहिबार अस्पतललाई गण्डकी प्रदेश सरकारको स्वामित्वमा सञ्चालन गर्न आयोजित अस्पताल स्वामित्व हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा अस्पतालका अध्यक्ष रमानाथ पौडेल र मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सम्झौतापत्र साटासाट गर्नुभयो ।

जनस्तरबाट मुठी दानदेखि सर्वस्वदाताको सहयोगले वि सं २०६० साल फाल्गुणमा महायज्ञ गरी वि स २०६२ सालदेखि संचालनमा रहेको अस्पताललाई स्तरोन्नति गर्दै जनतालाई सहयोग पुग्ने गरी अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।
गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तरगत रहने गरि भएको सम्झौता पत्रमा अस्पतालको तर्फबाट अध्यक्ष रमानाथ पौडेल र सामाजिक विकास मन्त्रालयका निमित्त सचिब तेज प्रसाद काफले हस्ताक्षर गरेका छन् भने रोहोवरमा स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्मा रहनुभएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुन, कास्की क्षेत्रनं १(१)का सांसद एवं गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला समेतको उपस्थितिमा स्वामित्व हस्तान्तरण भएको हो ।

हस्तान्तरणपछि प्रदेश सरकारले अस्पताललाई संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा सञ्चालन गर्ने भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालको भौतिक संरचना तयार भए पनि प्रभावकारी सेवाका लागि प्रदेश सरकारले जिम्मा लिने बताउनु भयो ।
प्रदेशका जनतालाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा प्रदानगर्नका लागि प्रशासनिक सेवा देखि आधुनिक र ब्यवस्थीत सेवाका लागि के गर्न सकिन्छ त्यसका बारेमा सामुहिक रुपमा अगाडी वढ्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
यस्तै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले सामुदायिक अस्पताललाई प्रदेशकै पहिलो र संघीय सरकार मातहतको दोश्रो सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेकोमा गण्डकी प्रदेश सरकारलाई र अस्पतालका संस्थापकहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
मेयर जिसीले जनस्तरबाट निर्माण भएको अस्पताल सरकारले लिन लायक बनाएकोमा गर्व गर्नुपर्ने वताउँदै जनस्तरबाट पनि राम्रा कामहरु हुन्छन भन्ने कुराको यो गतिलो उदाहरण भएको वताउनु भयो। । उहाँले अस्पताललाई प्रदेशकै विशिष्ट अस्पतालको रुपमा विकास गर्ने मुख्यमन्त्रीको योजनाले गण्डकी प्रदेश स्वास्थ्यको क्षेत्रमा अग्रपंत्तिमा रहेको छ भन्ने देखाउने पनि बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर क्षेत्रीले अस्पताल स्थापनार्थ स्थानीयले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनहरुमा अझै अस्पतालको विकास र प्रगती हुने विश्वास व्यक्त गर्नुभयो।
वडा नं. ३० का अध्यक्ष श्रीराम पोख्रेलले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरणपछि सञ्चालन हुँदै आईरहेका सेवा सुविधाहरु जनताले पाउनुपर्नेमा जोड दिंदै अझै स्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
अस्पताल संचालक समितिका अध्यक्ष रमानाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव डिष्ट्क्टि३२५ वी १ नेपालको तर्फबाट विशेश्वर आचार्यले जनस्तरबाट निर्माण भएको अस्पतालले जनतालाई प्रभावकारी स्वास्थ्य सेवा दिने विश्वास ब्यक्त गरेका गर्नुभयो। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश भटराईले भावी योजना र अस्पतालको गतिविधीका बारेमा जानकारी गराउनु
भएको थियो ।
सोही अवसवरमा सामाजिक विकास मन्त्रालय महासाखा प्रमुख डा. रामबहादुर केसीले अस्पताल संचालनको कार्यविधी र भावी योजनका वारेमा जानकारी गराउनु भएको थियो ।अस्पताल विकास समितिका सचिव कृष्ण तिवारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पुर्व अध्यक्ष मेजर रामप्रसाद गुरुङले गरेका थिए ।

