संविधान संशोधन विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको निसान छापमा राख्ने संविधान संशोधन विधेयक संविधानकाे अंग बनेकाे छ ।

दुबै सदनबाट सर्वसम्मतिले पारित भएको विधेयक बिहीबार अपरान्ह राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएसँगै संविधान संशाेधन विधेयक संविधानकाे अंग बनेकाे हाे ।

उक्त विधेयक राजपत्रमा पनि प्रकाशित हुनेछ।  

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।

भारतले भने नेपालले संवाद र सहमतिकाे बाटाे त्यागेर नक्सा जारी गरेकाे प्रतिक्रिया दिएकाे छ ।

Facebook Comments