प्रधानमन्त्री केपी ओलीकाे कार्यशैलीप्रति अनगिन्ती असहमति: नेता गाैतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र प्रधानमन्त्रीकाे कार्यशैलीप्रति अनगिन्ति असहमति रहेकाे उल्लेख गर्नुभएकाे छ ।

साथै नेता गाैतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सहित पार्टी सञ्चालनसम्बन्धी मुख्य मुद्दाहरूमा प्रधानमन्त्री केपी ओलीसँग असहमत रहेकाे स्पष्ट पार्नुभएकाे छ ।

स्वकीय सचिवालयबाट जारी ३ बुँदे प्रस्टीकरणसहितको प्रेस नोटमा नेता गौतमले पार्टीभित्रको पछिल्ला अन्तरविरोध र मुख्य मुद्दाहरू, प्रधानमन्त्रीकाे कार्यशैलीका बारेमा असन्तुष्ट शीर्ष नेताहरूकाे असहमति समयक्रममा सार्वजनिक हुने पनि बताउनुभएकाे छ ।

नेता गौतम सरकारमा जाने हल्ला पूर्णतः निराधार भएको पनि प्रेस नाेटमा स्पष्ट गरिएकाे छ । नेता गाैतमले अझै केही समय सार्वजनिक प्रतिक्रिया नदिने समेत प्रेस नोटमा उल्लेख छ ।

Facebook Comments