नेकपा सचिवालय बैठकः पार्टी एकता कायम राखेर समाधान खाेज्ने बारे छलफल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीमा देखिएकाे संकट संवाद र छलफलबाटै हल गर्नेबारे छलफल भएकाे छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको थियो ।

बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयाे ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरुले गृहकार्य गरिरहेको र सचिवालयले पार्टीको संकट निवारण गर्न अझै छलफल गर्ने निर्णय गरेकाे छ ।

भोलि ३ बजे स्थायी कमिटीको डाकिएकाे छ। असार १० गतेदेखि शुरू भएकाे नेकपाकाे स्थायी कमिटीकाे बैठक पटक पटक सर्दै भाेलीका लागि डाकिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरूकाे रहेकाे छ । ओलीले राजीनामा नदिने बरू छिटाे पार्टीकाे महाधिवेशन गर्ने प्रस्ताव राख्नुभएकाे छ ।

बैठक सकिनेवित्तिकै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल(प्रचण्ड) राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ जानुभएकाे थियाे ।

Facebook Comments