आज पोखरामा दुई महिला सहित ५ र रुपामा एक जनामा कोरोना पुष्टि


कास्कीमा पहिलो पटक महिलामा पनि कोरोना पुष्टि भएको छ । पोखरा १०का ३० र ५६ बर्षिय महिलामा कोरोना पुष्टि भएको हो । यस्तै पोखा महानगरपालिका वडानं ९का ४१ बर्षिय पुरुष , पोखरा ३२ का १९ बर्षिय दुई युवा र रुपा गाउँपालिका वडानं ७ का ४५ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आजै बाग्लुङमा दुई महिला सहित १४ जना, नवलपरासी बर्दघाट सुस्तापुर्व २ जना र स्याङ्जामा २ गरि २४ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएको २४ जना संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८ पुगेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।संक्रमित सवै भारत बाट फर्किएका र सम्बन्धित पालिकाहरुको क्वारेन्टिनमा रहेकाहरु भएको बताइएको छ ।

Facebook Comments