नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

नेपालमा शुक्रबारसम्म ८ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म ८ हजार २ सय ७४ जनामा कोरोना संक्रमण फेला परेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सोमबार मात्रै थप ४ सय २६ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म २२ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय २ जना निको भइ घर फर्केका छन् ।

कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

Facebook Comments