बुधबार थप ३२ जनामा काेराेना संक्रमण
नेपालमा बुधबार मात्रै थप ३२ जनामा काेरोनाभाइरस पुष्टि भएको छ। याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ३४ पुगेकाे छ ।
बुधबार प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको हाे। त्यस्तै धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् ।
संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार बाँकेमा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी धनकुटामा ५ जना नयाँ संक्रमित पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षीय पुरुष रहेका छन् भने एक जना २४ वर्षीया महिला रहेकी छन् । उनीहरु सबै हाल धनकुटामा बस्दै आएको देवकोटाले बताए ।
यसैगरी कपिलबस्तुमा १३ जना संक्रमित थपिएका छन् । जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीय पुरुष रहेका छन् । उनीहरु विजयनगरको क्वारेन्टानमा बस्दै आएकाहरु भएको देवकोटाले जानकारी दिनुभयाे ।
यसैगरी सोही जिल्लाको महाराजगन्ज गाउँपालिकाका ३, ४, ६ वर्षीया बालिका तथा १६, २५ र ३२ वर्षीय महिला गरी ६ जना पुष्टि भएका छन् । यस्तै १२, २२, २४ र ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी पश्चिम नवलपरासीमा १ जना पुरुष संक्रमित फेला परेका छन् । उनी सुस्ता गाउँपालिका ५ का २६ वर्षीय पुरुष रहेका हुन् । उनी बेलबानी क्वारेन्टाइनमा बस्दै आएका थिए ।
हालसम्म काेराेन भाइरसका कारण २ जनाको भने मृत्यु भएको छ । संक्रमितमध्ये ४५ जना भने निको भएर घर फर्किएका छन् ।

