गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन शुरु
गण्डकी प्रदेशसभाको छैटौं अधिवेशन शुरु भएको छ । अधिवेशनको शरुमा प्रदेश सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभाको अधिवेशन आव्हानसम्बन्धि प्रदेश प्रमुखको पत्र वाचन गर्नुभएको थियो ।
यो अधिवेशनले आगामि आर्थिक बर्ष २०७७ ७८ का लागि गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ ।
प्रदेश प्रमुखले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम १३ गतेका लागि तोकिएको छ ।
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणका कारण नयाँ कार्यक्रम भन्दा पनि कोरोना रोकथाम र नियन्त्रणमा नीति तथा कार्यक्रम र बजेट केन्द्रित गर्नुपर्ने अवस्था रहेको छ ।
कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण प्रदेशसभा भवन नदिपुरमा संसद बैठक राख्न असम्भव भएपछि पोखरा सभागृहमा संसद अधिवेशन राखिएको छ ।
Facebook Comments

