नेकपा स्थायी कमिटी बैठक शुक्रबार फेरि बस्ने

सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक १२ गते शुक्रबार पुनः बस्ने गरी स्थगित भएकाे छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा सातबुँदे एजेण्डा प्रस्तुत भएकाे छ ।

बैठकमा दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले समसामयिक बिषयमा सम्बोधन गर्नुभएकाे थियाे ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएकाे जानकारी अनुसार अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य राख्नुभएकाे थियाे ।

बैठकमा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधान, सरकार र पार्टीका कामको समिक्षा, सांगठनिक एकता पूर्णता लगायतका बिषयमा छलफल हुने भएकाे छ ।

नेकपाले अमेरिकी सहायता परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसीसी)का बारेमा समेत स्थायी कमिटीमा छलफलकाे एजेण्डा बनाएकाे छ ।

एमसीसीकाे बिषयमा नेकपामा मतभेद रहेकाे छ । त्यस्तै रुकममा नवराज बिक लगायतकाे हत्या भएकाे घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता लगायतका बिषयमा छलफल हुनेछ ।

Facebook Comments