स्थानीय तहमा विदेशबाट नेपाल आउनेहरुको तथ्याकं संकलन गरिंदै
पछिल्लो समय विदेशबाट नेपाल आउनेहरुको तथ्याकं संकलन भइरहेको छ ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा २०७६ साल चैत १ गतेबाट १५ गतेसम्म जम्मा ४२ जना व्यक्ति विदेशबाट आएको पाइएको छ ।
गाउँपालिका बाहिर देशभित्रैबाट १ हजार ५ सय ६२ जना गाउँपालिका भित्रिएको मस्र्याङ्दी गाउँपालिकाले जनाएको छ ।

भारत, कतार, दुवई लगायतका मुलुकबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।
स्थानीय तहहरुले पछिल्लो समयमा खासगरी चैत महिनामा बाहिरबाट आउनेहरुको तथ्याकं संकलन गरेर जिल्ला प्रशासन कार्यालयमा पठाइरहेका छन् ।
Facebook Comments

