पत्रकार गिरीलाइ धम्की दिएकाेप्रति महासंघ कास्कीकाे आपत्ति
पाेखराका पत्रकार अर्जुन गिरीलाई समाचारकाे विषयलाई लिएर विभिन्न फाेन बाट धम्की दिएकाे भन्दै पत्रकार महासंघ कास्की शाखाले ध्यानाकर्षण भएकाे जनाएकाे छ । ‘अज्ञात व्यक्तिले धम्की दिएकाे घटनाकाे निन्दा एवं भर्त्सना गर्दछाैं ।’ महासंघ कास्कीका सचिव माधव बरालद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।
समाचारकाे विषयमा कुनै विमति भए कानुनी बाटाेबाट उपचार खाेज्न पनि महासंघले अनुराेध गरेकाे छ । साथै धम्की दिने व्यक्तिलाई पक्राउ गरी कानुनी कार्वाहीका लागि पनि महासंघले माग गरेकाे छ ।
पाेखरामा नुभिव उप्रेती मृत्यु प्रकरण सम्बन्धि समाचारलाई लिएर गिरीलाई अज्ञात व्यक्तिले महासंघकै उपाध्यक्ष रमेश विष्टकाे नामबाट धम्की दिइएकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

Facebook Comments

