विवेकशील साझा पार्टीका संस्थापक उज्वल थापाको निधन
विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएकाे छ ।
दुई साताअघि कोरोना सङ्क्रमित भएपछि थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो।
विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ।
साथै, यही बिचमा पार्टीमा “उज्वल थापाको जीवन र विचार” विषयमा छलफल र बहस चलाउने छ।
नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न थापाकाे भूमिका थियाे । थापाका जनसराेकारका मुद्दामा शान्तिपूर्ण र रचनात्मक प्रदर्शन गरी विराेध जनाउने कार्यमा अग्रणी भूमिका रहने गरेकाे थियाे ।
थापाकाे स्वास्थ्यलाभकाे शुभेच्छा सहित उपचारका लागि देश विदेशबाट सद्भाव स्वरूप उल्लेख्य आर्थिक सहयाेग समेत प्राप्त भएकाे थियाे ।

